झापा, जेठ १ । कनकाई नगरपालिका वडा नं ९मा नेकपा एमालेले वडाध्यक्षसहित प्यानल नै जितेको छ ।
निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमप्रसाद राजवंशीलाई झण्डै दोब्बर मतले पराजित गर्दै एमालेका राजेन्द्रप्रसाद उप्रेती वडाध्यक्षमा निर्वाचित भएका हुन् । उप्रेतीले १०९८ मत र राजवंशीले ५९६ मत ल्याएका छन् । पराजित भएका राजवंशी सोही वडाका निवर्तमान वडाध्यक्ष हुन् ।
त्यस्तै वडा सदस्यहरुमा एमालेका नरमान श्रेष्ठ, युवराज राजवंशी, सुशिला बुधनी कुमारी चौधरी र तारा दमाई निर्वाचित भएका छन् ।