झापा , जेठ १ । नेकपा एकीकृत समाजवादीले झापामा खाता खोलेको छ ।

गठबन्धनका तर्फबाट निर्वाचन लडेको एकीकृत समाजवादीले पुरै प्यानल जितेको हो । कमल गाउँपालिका वडा नं २ मा एकीकृत समाजवादीका अशोक सुब्बाले वडाध्यक्ष जितेका छन् । उनले एमालेका धनबहादुर बस्नेतलाई हराएका छन् । लिम्बूले १८६० र बस्नेतले १०३४ मत पाए ।

त्यस्तै सदस्यहरुमा एकीकृत समाजवादीका भिमबहादुर कार्की, महेन्द्र खत्री, सोममाया नेपाली, कल्पना राई निर्वाचित भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्