झापा , जेठ १ । कनकाई नगरपालिका वडा नं ६ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

जेब्रा चिन्ह भएका स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओलीलाई पराजित गरी एमालेका उम्मेदवार दीर्घबहादुर थापा निर्वाचित भएका हुन् । थापाले ५०८ र ओलीले ४४० मत पाएका छन् । त्यस्तै माओवादी केन्द्रका रेवतबहादुर रेग्मीले २९४ मत पाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्