झापा , जेठ २ । बाह्रदशी गाउँपालिका वडा नं ३ को वडाध्यक्षमा नेपाली कांग्रेसका टंकप्रसाद साह निर्वाचित भएका छन् ।

राप्रपाका मदनकुमार राजवंशीलाई १८३ मतले पराजित गरी साह निर्वाचित भएका हुन् । साहले ९८७ र राजवंशीले ८०४ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका निवर्तमान वडाध्यक्ष नेकपा एमालेका विरेन्द्रप्रसाद राजवंशीले ४७९ मत पाएका छन् । त्य

स्तै खुल्ला सदस्यमा एमालेका हेमलाल दाहाल १०६८ , कांग्रेसका पुनेप्रसाद ढुंगेल ९१९ , महिला सदस्यमा कांग्रेसकी लक्ष्मीकुमारी निरौला अधिकारी १०७५ र दलित महिला सदस्यमा कांग्रेसकी सपना विश्वकर्मा ९१९ मत ल्याई विजयी भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्