झापा, जेठ २ । कनकाई नगरपालिका वडा न. ७ मा कांग्रेसको वडाध्यक्षसहित गठबन्धनले जित हासिल गरेको छ ।

कांग्रेसका भिष्मभुषण सिटौला वडाध्यक्षमा निर्वाचित भएका हुन् । १११५ मत पाएका उनले नेकपा एमालेका प्रकाश शिवाकोटीलाई २४८ मतले पराजित गरेका छन् । शिवाकोटीले ८६७ मत ल्याएका छन् ।

त्यस्तै सदस्यमा संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका निर्मल लिम्बू ८९३ , कांग्रेसका भगन टुडू ६८७ , महिला सदस्यमा कांग्रेसका अरुणा सुब्बा ९४८ र दलित महिला सदस्यमा कांग्रेसका सावित्रा कार्की ८४७ मतसहित विजयी भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्