झापा , जेठ २ । हल्दिबारी गाउँपालिका वडा नं.२ राई टोल बस्ने सुफल हस्दाका २६ बर्षीय छोरा भेना हस्दाको चट्याङले लागेर मुत्यु भएको छ ।

सोमबार राति साढे १ बजेको समयमा ट्वाइलेट गर्न बाहिर निस्किएको क्रममा अविरल बर्षासंगै परेको चट्याङले लागेर हस्दाको घट्नास्थलमै मृत्यु भएको हो । प्रहरी टोली खटी आवश्यक कानूनी प्रकृयापश्चात् पोष्टमार्टमको लागि मेची अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्