झापा , जेठ २ । झापाको कमल गाउँपालिका वडा नं ३ मा नेकपा एमालेले प्यानलै जितेको छ ।

वडाध्यक्षमा अग्नीप्रसाद कोइरालासहित एमालेले प्यानलमा विजयी हासिल गरेको हो । कोइरालाले १७३९ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका गौरीमान फागोले १४२८ मत ल्याएका छन् ।

सदस्यमा एमालेका एंगल गुरुङले १६०४ , सन्तकुमार मगरले १५६८ , महिला सदस्यमा भगवति राई १६७० र दलित महिला सदस्यमा केसरा नेपाली वर्देवाले १७१५ मतसहित विजयी हासिल गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्