झापा , जेठ २ । झापाको दमक नगरपालिका वडा न. २ को वडाध्यक्षमा नेकपा एमालेका प्रजापति सापकोटा निर्वाचित भएका छन् ।
गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका रुद्रबहादुर कार्कीलाई पराजित गरी सापकोटा निर्वाचित भएका हुन् । सापकोटाले १४२७ र कार्कीले १३९० मत ल्याएका छन् ।
त्यस्तै सदस्यतर्फ महिला सदस्यबाहेक सबै एमालेले जितेको छ । खुल्ला सदस्यमा एमालेका ललितबहादुर विश्वकर्मा १८३१ , छविलाल दुलाल १६८१ र दलित महिला सदस्यमा चन्द्रकला विश्वकर्मा १७५६ मत ल्याएर विजयी भएका छन् । महिला सदस्यमा भने माओवादीकी कृष्णमाया थापा १६४१ मतसहित निर्वाचित भएकी छन् ।