झापा , जेठ २ । कनकाई नगरपालिका वडा नं. ५ को वडाध्यक्षमा नेकपा एमालेका कृष्णबहादुर राई विजयी भएका छन् ।

१५४० मत ल्याएका राई निवर्तमान वडाध्यक्ष हुन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेशचन्द्र दाहालले १३८२ मत ल्याएका छन् । यसैगीर महिला सदस्यतर्फ एमालेकै ईन्दिरादेवी अधिकारी १४०८ मत प्राप्त गरी विजयी भएकी छन् ।

दलित महिला सदस्यमा एमालेकै सावित्रादेवी बर्देवा १४४३ मत र खुल्ला सदस्यमा एमालेका डिल्लीराम उप्रेती १३८१ मत ल्याउँदै विजयी भएका छन् । अर्को खुल्ला सदस्यमा कांग्रेसका गोविन्दबहादुर कार्की १३७५ मत ल्याउँदै विजयी भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्