झापा, जेठ ३ । झापा गाउँपालिका वडा नं ३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

भुइकटहर चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवार सुवाषलाल गणेश ९५८ मत ल्याई वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका खड्गनारायण राजवंशीले ६६३ मत ल्याएका छन् । वडाध्यक्षमा स्वतन्त्रले जितेपनि बाँकी सदस्य पद एमालेले जितेको छ । खुल्ला सदस्यमा एमालेका कुमार राई ९८० , अब्दुल रसिद ९१३ , महिला सदस्यमा तारा सुवेदी बराल ८७३ र दलित महिला सदस्यमा सुमित्रा विश्वकर्मा ९०९ मत ल्याई विजयी भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्