झापा , जेठ ३ । संयुक्त गठबन्धनलाई हराउँदै झापाको दमक ९ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।

आज बिहान सम्पन्न मतगणना अनुसार एमालेका कुवेरप्रसाद भट्टराई २१७२ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट माओवादीका नगेन्द्रबहादुर घोर्साइले १५३७ मत प्राप्त गरे ।

त्यस्तै सदस्यमा एमालेका नरेशकुमार सुनुवार १८५१ , नरेश बन्जरा १७९६ , महिला सदस्यमा लक्ष्मीदेवी बराल २१६१ र दलित महिला सदस्यमा रिना विश्वकर्मा २१०७ मतसहित निर्वाचित भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्