झापा , जेठ ३ । राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको बाह्रदशी ५ मा सिंगो प्यानल जितेको छ ।

वडाध्यक्षसहित पाँचवटै पद राप्रपाले जितेको हो । नेकपा एमालेका जीवनाथ खरेललाई ९२ मतले पराजित गरी राप्रपाका विरबहादुरसिंह राजवंशी वडाध्यक्षमा निर्वाचित भएका छन् । राजवंशीले १२०८ र खरेलले ११६ मत ल्याएका छन् ।
त्यस्तै खुल्ला सदस्यमा राप्रपाका जयप्रसाद तिम्सिना ११०५ ,श्रीइच्छाबहादुर राई १०७५ , महिला सदस्यमा राप्रपाकै राधिका भट्टराई १२६१ र दलित महिला सदस्यमा सोही पार्टीकै डुकाकुमारी विक ११६५ मत ल्याई निर्वाचित भएका छन् । यसअघि राप्रपाले झापा दुईवटा वडामा प्यानलसहित जितिसकेको छ ।