झापा , जेठ ३ । नेपाली काँग्रेसले कचनकवल गाउँपालिकाको अर्को वडामा पनि प्यानल नै जितेको छ ।

काँग्रेसले कचनकवल ६ बनियानी बजार रहेको वडा जितेको हो । निवर्तमान वडा अध्यक्ष नेकपा एमालेका कुलबहादुर कार्कीलाई ३८५ मतान्तरलाई हराउँदै काँग्रेसका चिन्तामणि खरेल वडाध्यक्षमा निर्वाचित भएका हुन् । खरेलले १३२४ मत ल्याउँदा कार्कीले ९३९ मत ल्याएका छन् ।

त्यस्तै वडा अध्यक्षका उम्मेदवार राप्रपाका हृदयनारायण सिंह राजवंशी ७७९, माओवादी केन्द्रका हरि बस्नेत २४५, स्वतन्त्र उम्मेदवार निश्चल दाहाल १०७ र लोकतान्त्रिक समाजवादी पार्टीका टीकालाल राजवंशीले ८८ मत प्राप्त गरे । त्यस्तै वडा सदस्यमा काँग्रेसका टेनेस राजवंशी १२७१, लालबाबु मिया १२२४, महिला सदस्य बबिता काफ्ले १३८६ र गुलाफी माझी हरिजन १३९१ मत ल्याएर विजयी भएका छन् । यसअघि कांग्रेसले कचनकवलको पाँचवटा वडामा प्यानलै जितिसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्