झापा , जेठ ४ । कनकाई नगरपालिका ३ मा एमालेको प्यानलै विजयी भएको छ ।

वडाध्यक्षमा युवराज चम्लागाई १५८० मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मिनकुमार प्रधानले १३६० मत ल्याए । प्रधानलाई चम्लागाईले २२० मतले पराजित गरेका हुन् । यसैगरी वडा सदस्यमा समेत एमालेकै गोविन्द सुवेदी १८५१ र अनिलकुमार गोयल १८१५ मत ल्याएर विजयी बने । महिला दलित सदस्यमा पुनः सुष्मा परियार १८६८ मत र महिला सदस्यमा पुनः कृष्णकुमारी भुजेल १८९१ मत ल्याएर विजयी बने । कांग्रेका वडा सदस्यका उम्मेदवारहरु होम बिमलीले १६२९ र मेघराज आचार्य १६९२ मत ल्याए । कांग्रेसकै महिला सदस्य गीतादेवी ओलीले १६२२ मत र दलित महिला सदस्य बिमला विकले १७११ मत ल्याए । वडाध्यक्षमा स्वतन्त्र उम्मदवारी दिने युवराज संग्रौलाले १३०८ मत पाएका छन् ।

त्यस्तै गौरादह ४ मा पनि एमालेले प्यानलै जितेको छ । एमालेका दुर्गामणि बस्नेत १८५८ मत ल्याई वडाध्यक्षमा निर्वाचित भएका छन् । उनले कांग्रेसका नेत्रप्रसाद ढुंगानालाई पराजित गरेका हुन् । ढुंगानाले १४८८ मत पाएका छन् । त्यस्तै खुल्ला सदस्यमा एमालेका सूर्यबहादुर नेम्बाङ २०११ , चुडामणि भण्डारी १५०२ , महिला सदस्यमा निर्मला बुढाथोकी १८९१ र दलित महिला सदस्यमा तुलसा कँडेल १९२६ मत ल्याई विजयी भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्