झापा । जेठ ४ । तराई जिल्लाहरूमा चोरी भएका मोटरसाइकल पहाडी जिल्लाको ग्रामीण भेगमा बिक्री हुने गरेको रहस्य खुलेको छ ।
पेसेवर गिरोहले तराईमा चोरी गरेको मोटरसाइकल पहाडी जिल्लामा पुर्याएर नम्बर प्लेट परिर्वतन गरी बिक्री गर्ने गरेको खुलेको हो । मोरङ प्रहरीबाट खटिएको विशेष प्रहरी टोलीले चोरिएका सातवटा मोटरसाइकलसहित पेसेवर गिरोहका व्यक्तिहरूलाई पक्राउ गरेको हो । प्रहरीले मोटरसाइकल चोरी आरोपमा मोरङको जहदाँ गाउँपालिका-१ बुद्धनगरका २० वर्षीय हरिओम मण्डल, सोही ठाउँका २० वर्षीय पन्नलाल राजवंशी, १८ वर्षीय विशाल राजवंशी, कटहरी गाउँपापलिका-२ का २४ वर्षीय मनिष बस्नेत र विराटनगर-४ कञ्चनबारीका २२ वर्षीय प्रकाश राजवंशीलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।