झापा , जेठ ४ । गौरादह ५ मा नेकपा एमालेले प्यानल नै जितेको छ ।

केहीबेर अघि सम्पन्न मतगणना अनुसार एमालेका जगन्नाथ खनालले नेपाली कांग्रेसका ताराकुमार श्रेष्ठलाई ३०७ मतान्तरले पराजित गरी वडाध्यक्ष जितेका हुन् । खनालले १८९० मत ल्याउँदा श्रेष्ठले १५८३ मत पाएका छन् । त्यस्तै वडा सदस्यमा समेत एमालेका उम्मेदवारहरु निर्वाचित भएका छन् । खुल्ला सदस्यमा मोहनकुमार राई १८०६ ,कपिलमणी काफ्ले १७८५ , महिला सदस्यमा गोमादेवी लिम्बू (चेम्जोङ १७६७ र दलित महिला सदस्यमा छलीमाया नेपाली १९३१ मत ल्याएर निर्वाचित भएका छन् । हालसम्म गौरादहको ५ वडामा मतणगाना सम्पन्न भएकोमा ३ वटामा एमाले , एउटामा कांग्रेस र एउटामा स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्