झापा , जेठ ५ । भद्रपुर नगरपालिका वडा नं १० मा नेकपा एमालेका टेकबहादुर खड्का प्यानलसहित वडाध्यक्षमा पुनः निर्वाचित भएका छन् ।

निवर्तमान वडाध्यक्ष खड्काले १ हजार ४ सय ८० मतका साथ कांग्रेसका विष्णुप्रसाद काफ्लेलाई हराएका हुन् । काफ्लेले ११७१ मत पाएका छन् । त्यस्तै वडा सदस्यमा एमालेका उम्मेदवारहरु नै निर्वाचित भएका छन् ।
जसमा महिला सदस्य संगीता ढकालले १४६४, दलित महिला सदस्य कमला आछामीले १५०३, तुलसी पोख्रेलले १४८८ र दुर्गाप्रसाद दाहालले १३०४ मत प्राप्त गरी विजय हासिल गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्