बिर्तामोड , जेठ ५ । बिर्तामोड नगरपालिका–४ मा नेकपा एमालेका राहुल शर्मा वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

एमालेका तर्फबाट चुनावी मैदानमा उत्रिएका राहुलले नेपाली काँग्रेसका वडाध्यक्षका प्रत्यासी कुलप्रसाद संग्र्रौलालाई हराएका हुन् । राहुलसँगै वडामा एमालेको प्यानल विजयी भएको हो । खुल्ला सदस्यमा उमेश राउत , केशवकुमार श्रेष्ठ, महिला सदस्यमा रमादेवी राजवंशी र दलित महिला सदस्यमा निर्मलादेवी सुनुवार निर्वाचित भएका छन् ।
मतगणनाको अन्त्यतिर अग्रता लिएका राहुलले १८१३ मत प्राप्त गरेका छन् । संग्रौैलाले १७२० मत ल्याएका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा बिर्तामोड वडा नम्बर–४ बाट सदस्यमा सर्वाधिक १२५३ मत ल्याएर विजयी भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्