झापा, जेठ ६ । बिर्तामोड नगरपालिकाको ७ न. वडा पनि नेकपा एमालेले प्यानलै जितेको छ ।

एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार कृष्णप्रसाद खरेलले प्यानलसहित जितेका हुन् । उनले राप्रपाका नवराज भट्टराईलाई १६३ मतले पराजित गरे । खरेलले १२७० मत ल्याउँदा भट्टराई ११०७ मतमा सीमित रहे ।

त्यस्तै वडा सदस्य पनि एमालेले नै जितेको छ । खुल्ला सदस्यमा खडानन्द निरौला १२८४ , लक्षिमा खतिवडा १२६२ , महिला सदस्यमा मनकुमारी लिम्बू १४४२ र दलित महिला सदस्यमा हिमलता विश्वकर्मा १४४३ मत ल्याएर विजयी भएका छन् । यसअघि एमालेले बिर्तामोडको वडा नं १, २ ,३ ,४ र ९ प्यानलसहित जितिसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्