झापा , जेठ ६ । बिर्तामोड नगरपालिका वडा नं. ५ को अध्यक्षमा नेपाली काँग्रेसका रोहित प्रसाई निर्वाचित भएका छन् ।

निवर्तमान वडा अध्यक्ष नेकपा एमालेका राजेन्द्र प्रसाद लिङ्देनलाई २३० मतले पराजित गरि प्रसाई विजयी भएका हुन् । प्रसाईले २४७९ मत पाउँदा लिङ्देन २२४९ मतमा सीमित भए । वडा अध्यक्ष कांग्रेसले जिते पनि सबै वडा सदस्य पदहरु एमालेले जितेको छ । खुला सदस्यमा एमालेका दुर्गा प्रसाद शिवाकोटी २२११ , ओमभक्त सेडाई २१६५, महिला सदस्यमा शान्ता रोकाक्षत्री २२९३ र दलित महिला सदस्यमा मालती विश्वकर्मा २२६७ मतसहित निर्वाचित भएका छन् ।