झापा , जेठ ६ । गौरादह नगरपालिका वडा नं ७ को वडाध्यक्ष पदका लागि एक मतले हारजित भएको छ ।

एक मतको अन्तरले जित्ने वडाध्यक्ष खरेल

नेकपा एमालेका बलराम खरेल एक मतको अन्तरले जित हासिल गरेका हुन् । उनले १०२० मत ल्याएका छन् । उनी निवर्तमान वडाध्यक्ष हुन् । उपविजेता बनेका नेपाली कांग्रेसका दिलनाथ कटुवालले १०१९ मत ल्याएर हार ब्यहोर्नु परेको छ । सोही वडाको दलित महिला सदस्य पदका लागि पनि एक मतले हारजित भएको छ । कांग्रसकी धनकुमारी विश्वकर्माले
१०७५ मतले विजयी हासिल गर्दा एमालेकी तारादेवी दर्जीले १०७४ मत ल्याएर पराजय भोग्नु परेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्