सौरभ बस्नेत,
झापा , जेठ ७ । आठ वर्षअघि भएको एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेसँगै झापाको मेचीनगरमा पनि बलात्कारविरुद्ध प्रदर्शन भएको छ ।

सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी उनलाई आयोजकले होटलमा बोलाएर पहिलोपटक बलात्कार गरेको र त्यहाँ खिचेको फोटो र भिडियोले ‘ब्ल्याकमेल’ गर्दै निरन्तर ६ महिनासम्म यौन शोषण गरेको विषय सार्वजनिक भएसँगै मेचीनगरमा बलात्कारविरुद्ध प्रदर्शन भएको हो । ती युवतीलाई ८ वर्ष अगाडि एक सुन्दरी प्रतियोगितामा भाग लिने क्रममा भएको यौन दुव्र्यवहारबिरुद्ध युवा सन्जाल मेचीनगरले सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउँदै इटाभट्टामा र्याली निकालेको थियो । र्यालीले मेचीनगर नगरपालिका परिक्रमा गरेको थियो ।


आठ वर्षअघि सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेको आरोपमा आयोजक मनोज पाण्डे पक्राउ परेका छन् । शनिबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पाण्डेलाई पक्राउ गरेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्