झापा , जेठ ८ । धरानमा एक युवकले आफ्नै आमामाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार धरान उपमहानगरपालिकाको वडा नम्बर १४ स्थित हात्तीसारमा बस्दै आएकी ४२ वर्षीया शान्ति सुवेदीलाई आफ्नै छोरा २५ वर्षीय सौगात सुवेदीले खुकुरी प्रहार गरेका हुन् । छोराको खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी शान्तिलाई उपचारका लागि विराटनगर स्थित न्युरो अस्पताल लगिएको प्रहरीले जनाएको छ । आमामाथि खुकुरी प्रहार गरेका सौगातले आफ्नो घाटी समेत रेटेकाले उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।