झापा , जेठ ८ । झापाको शिवसताक्षी नगरपालिकाको नगर प्रमुख र उपप्रमुख नेकपा एमालेले जितेको छ ।

गठबन्धनका उम्मेदवारलाई पराजित गरी एमालेले दुवै प्रमुख पद जितेको हो । एमालेका मेगाहाङ्ग थोप्रा १६४९८ मत ल्याई नगर प्रमुखमा निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका पर्शुराम ढुङ्गानालाई ३४४८ मतान्तरले पराजित गरेका हुन् । ढुङ्गानाले
१३०५० मत पाएका छन् ।

त्यस्तै उपप्रमुखमा एमालेकै नरमाया कार्की १४१५५मतसहित विजयी भएकी छन् । उनले माओवादी केन्द्रका ४६३० मतान्तरले पराजित गरेकी हुन् ।भट्टराईले ९५२५ मत पाएका छन् । ११ वटा वडा रहेको शिवसताक्षी नगरपालिकमा एमाले र कांग्रेसले ५–५ वटा वडाको वडाध्यक्ष जितेका छन् भने एउटा माओवादीले जितेको छ ।

वडा न. १ मा एमालेका लक्ष्मीप्रसाद चेम्जोङ्ग ९४८ , वडा नं २ मा माओवादीका भीमबहादुर नेम्वाङ्ग ११९० , वडा न. ३ मा कांग्रेसका भाष्कर न्यौपाने ११२९, वडा नं ४ मा एमालेका विष्णुप्रसाद प्रसाई १७३९ , वडा नं ५ मा एमालेकै सिकिन पासवान १३१६ , वडा नं ६ मा कांग्रेसका मनोज खुलाल १२७५, वडा नं ७ मा कांग्रेसकै भवानीविक्रम चेम्जुङ्ग लिम्वु १४०४, वडा नं ८ मा कांग्रेसकै सन्तकुमार फेवदिन २१५९, वडा नं ९ मा कांग्रेसकै डिल्लीलाल फेम्बु १६१७ , वडा नं १० मा एमालेका हर्कबहादुर सिंगु १७९८ र वडा न. ११ मा एमालेकै बहादुर आङ्वो २०८३ मतसहित निर्वाचित भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्