झापा , जेठ ९ । झापाको गौरादह नगरपालिकाको नगर प्रमुख र उपप्रमुख नेकपा एमालेले जितेको छ ।

अघिल्लो पटक एमालेले गुमाएको गौरादह नगरपालिका यसवर्ष फिर्ता ल्याएको हो ।गएराति सकिएको मतगणना अनुसार नगर प्रमुखमा एमालेका छत्रपति सुवेदी र उपप्रमुखमा जलवर्षा राजवंशी विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेका सुवेदीले १२ हजार ८ सय ४९ मत ल्याउँदा गठबन्धनका तर्फबाट कांग्रेसका रोहितकुमार साहले ११ हजार ४ सय ८४ मत पाएका छन् । पराजित साह निवर्तमान नगर प्रमुख हुन् ।

यसैगरी उपमेयरमा एमालेकी राजवंशीले ११ हजार ९ सय १४ मत ल्याउँदा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका पुष्प ढकालले १० हजार ४ सय ३८ मत प्राप्त गरेका छन् ।

९ वटा वडा रहेको गौरादहमा एमालेले ५ वटा वडा जितेको छ । त्यस्तै कांग्रेसले दुईवटा वडा जित्दा माओवादी र स्वतन्त्रले एक–एक वटा जितेका छन् । वडा नं १ मा एमालेका नगेन्द्र भण्डारी १९९३ , वडा न. २ मा कांग्रेसका गोपालप्रसाद कोइराला १०६८ , वडा नं ३ मा स्वतन्त्र दिलिपकुमार भण्डारी
१०९४ , वडा नं ४ मा एमालेका दुर्गामणि बस्नेत १८५८, वडा नं ५ मा एमालेकै जगन्नाथ खनाल १८९० , वडा नं ६ मा कांग्रेसका तोयानाथ प्रसाई १५३२ , वडा नं ७ मा एमालेकै वलराम खरेल १०२०, वडा नं ८ मा माओवादीका गणेशकुमार राजवंशी १३१४ र वडा नं ९ मा एमालेका उपेन्द्र निरौला १९०८ मतसहित निर्वाचित भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्