झापा , जेठ ९ । झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिले र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी नगरपलिका-११ दुधेबाट ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भद्रपुर नगरपालिका- ७ का १९ बर्षीय हरदिप राजबंशी, भारतीय नागरिक दार्जेलिङ दुलालजोतका २२ बर्षीय सुरेन मरमन र २३ बर्षीय अर्जुन रोय रहेका छन् । उनीहरुको साथबाट प्रहरीले २०३.४१० मिलिग्राम लागूऔषध ब्राउनसुगर , नगद ३८,७३० रुपैयाँ र उनीहरुले प्रयोग गरेको प्रदेश १-१०-१५ प ४२१८ तथा ध्द्य ठद्ध ख् टद्धघढ नम्बरको मोटरसाईकल समेत बरामद गरेको छ । यसैगरी मोरङको बेलवारी नगरपालिका-३ बाट लागूऔषध ब्राउनसुगरसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले पुरानो बेलवारीस्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १-०२-०४८ प ९७७४ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा उक्त मोटरसाईकलको लुकिङ ग्लासभित्र लुकाई छिपाई राखिएको अवस्थामा ३ ग्राम लागूऔषध ब्राउनसुगरसहित बुढीगंगा गाउँपालिका-७ का २६ बर्षीय रुपेश चौधरीलाई पक्राउ गरेको हो । लागूऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्