झापा , जेठ ९ । मोरङको बेलावारी नगरपालिका-५ मा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

आईतवार दिउँसो साढे २ बजेको समयमा जलजला क्रसरभित्र पार्किङ गरी राखेको टिपरलाई सफा गर्नका लागि डाला उठाउँदा अचानक बिजुलीको तारमा छुन गई करेन्ट लाग्दा टिपरका चालक सुन्दरहरैचा नगरपालिका-८ सलकपुरका ३० बर्षीय नगेन्द्र कार्कीको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाको जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय बेलवारीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्