झापा , जेठ १० । झापाको जलथल जंगलमा अवैध रुपमा रुख काट्दै गर्दा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा हल्दीबारी–५ का पूर्णबहादुर फागो, हल्दीबारी–१ का विशाल राई र बाह्रदशी–१ का रमेश बर्देवा रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । उनीहरूको साथबाट रुख काट्न प्रयोग हुने औजार समेत बरामद गरिएको छ ।
वन कार्यालयबाट खटिएका गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको हो । टोलीले काठ काट्न प्रयोग भएको एउटा आरा, लगभग ५३ क्यु फिट गोलिया काठ बरामद गरेको रेन्जर दिपकसेन भण्डारीले जानकारी दिएका छन् । पक्राउ पर्नेहरूमाथि वन ऐन बमोजिम कारबाही गर्नका लागि आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्