झापा , जेठ ११ । झापाको शिवसताक्षी नगरपालिका-१ मा बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ ।

आज बिहान साढे ७ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १-०२-०४० प ७१४९ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउँदै गरेको को. १ ख ७१८७ नम्बरको बसले ठक्कर दिई दुर्घटना हुँदा मोटरसाईकलमा सवार मोरङ पथरी शनिश्चरे न.पा. ८ घर भर्ई जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत वर्ष २५ का प्रहरी जवान प्रकाश राई र भोजपुर सदानन्द न.पा. ८ बस्ने वर्ष अन्दाजी २३ का टिचोहाङ राईको घटनास्थलमा नै मृत्यु भएको हो । ठक्कर दिने बस र चालक मोरङ उर्लाबारी नगरपालिका-२ का ४५ बर्षीय टेकबहादुर पुरीलाई ईलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्