झापा, जेठ ११ । ईलाममा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् ।

विद्युत् आपूर्ति बन्द भएपछि दैनिक कामकाज प्रभावित भएको छ । सरकारी कार्यालयबाट नियमित दिने सेवाप्रवाह प्रायः ठप्प भएको छ । वडा कार्यालयबाट प्रदान गरिने नागरिकता सिफारिस लगायत दैनिक कार्य प्रभावित भएको हो । बैंक , वित्तीय संस्था , एफएम लगायतका सञ्चार संस्थाको सेवा बन्द छ । विद्युत् अनियमितताले अन्य अनलाइनमार्फत हुने काम प्रभावित भएको बताइएको छ । सोमबार बिहानदेखि बन्द विद्युत् आपूर्ति मङ्गलबार पनि सहज हुन सकेन् । नेपाल विद्युत् प्राधिकरण ईलाम वितरण केन्द्रले विद्युत् आपूर्ति बन्दको कारण हालसम्म पत्ता लगाउन सकेको छैन । केन्द्रका प्रमुख बेगराज पौडेलले हालसम्म ‘फल्ट’ पत्ता लाग्न नसकेको जानकारी दिए । उनले ईलाम शवस्टेशनबाट सदरमुकाममा वितरण गरिएको मुख्य लाईनमा समस्या रहेको हुनसक्ने बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्