झापा, जेठ ११ । झापाको बिर्तामोड ५ बाट ५ जना जुवाडे डेढ लाख बढी रकमसहित पक्राउ परेका छन् ।

हिजो साँझ साढे ६ बजेको समयमा बिर्तामोड ५ बस्ने ३८ वर्षीय डालकुमार राईको घरको कोठामा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ईलाम सूर्योदय १० बस्ने ३० बर्षीय दिलकुमार श्रेष्ठ , बिर्तामोड ५ बस्ने ३६ बर्षीय सन्जीव घतानी , सोही ठाउँका ४२ बर्षीय संसुहाङ चेम्जोङ , ३८ बर्षीय डालकुमार राई (घरधनी) र मेचीनगर २ बस्ने ४८ बर्षीय भुपु राई रहेका छन् । तास र कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई नगद १,७४,७३५ , ३ बुक तास र १५ थान कौडासहित नियन्त्रणमा लिई ई.प्र.का.अनारमनीमा राखि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्