कुमरखोद, जेठ ११ । झापा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले बुधबारदेखि पदभार ग्रहण गरेका छन् ।

जनप्रतिनिधिहरुले सपथ ग्रहण गरिसकेपछि औपचारिक रुपमा पदभार ग्रहण गरेका हुन् । झापा गाउँपालिकाले आयोजना गरेको सपथ ग्रहण तथा पद बहाली कार्यक्रममा झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले उपाध्यक्षसहित नवनिर्वाचित ३६ जना जनप्रतिनिधिहरुलाई पद तथा गोपनियताको सपथ गराएका थिए ।

यसअघि अध्यक्ष शाहले झापा जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमबाट पद तथा गोपनियताको सपथ लिएका थिए । निर्वाचन अधिकृत मानबहादुर घिमिरेको अध्यक्षता र नवनिर्वाचित अध्यक्ष शाहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति देउकुमार थेवे , नेकपा एमाले झापा गाउँपालिका अध्यक्ष गजेन्द्र ताम्ली , लोकतान्त्रिक समाजवादी पार्टीका झापा गाउँपालिका अध्यक्ष प्रभुनारायण यादव , नेपाल शिक्षक महासंघ झापा गाउँपालिका अध्यक्ष जगन्नाथ राजवंशी र नवनिर्वाचित वडाध्यक्षको तर्फबाट महमद ताहिरले मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले स्वागत तथा शिक्षा प्रमुख जीवन ढकालले संचालन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्