झापा, जेठ १२ । धरान उपमहानगरपालिका ५ तल्लो देउरालीमा एक पुरुषको हत्या गरिएको छ ।

बटोमा विभत्स हत्या गरिएको शव प्रहरीले फेला पारेको छ । शरीरभरि गहिरो चोटपटक लागेर हत्या गरिएको अन्दाजी ३५ वर्षको पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी वुद्ध श्रेष्ठले बताए । उनले हत्या गरिएका पुरुषको पहिचान नखुलेको बताए । घटना के कसरी घटेको हो भनेर प्रहरी परिचालन गरी अनुसन्धान थालिएको श्रेष्ठले बताए । मृतकको पहिचानका लागि मातहतका प्रहरी कार्यालयमा खबर गरिएको उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्