बिर्तामोड , जेठ १४ । लायन्स क्लब अफ बिर्तामोड र लियो क्लव अफ बिर्तामोड सिनियरको साधारणसभाले लायन वर्ष २०२२÷२३ का लागि नयाँ कार्यसमिति चयन गरेको छ ।

साधारणसभाले लायन्स क्लव अफ बिर्तामोडको अध्यक्षमा बलराम कार्की, प्रथम उपाध्यक्षमा निकेशकुमार गट्टानी, द्वितीय उपाध्यक्षमा संगीता रौनियार, तृतीय उपाध्यक्षमा कुशल खतिवडा, सचिबमा बिपिन शर्मा घिमिरे, कोषाध्यक्षमा राजेन्द्रकुमार बिमली, सह–सचिवमा किरण थापा, जनसम्पर्क अधिकारीमा दिपेन्द्र राउत, टेमरमा कृष्ण बजगाई, टेलटुविइस्टरमा अप्सरा बस्नेत खडका , बोर्ड अफ डाइरेक्टरमा प्रदिप खरेल, विशाल थापा, राजेशबहादुर धिमाल, घनेन्द्रराज खनाल, सुरेसकुमार अग्रवाल चयन गरेको छ ।
त्यस्तै लियो क्लव अफ बिर्तामोड सिनियरको अध्यक्षमा नवल किशोर साह, प्रथम उपाध्यक्षमा अर्थ पेडिवाल, द्वितीय उपाध्यक्षमा सुदिप बुढाथोकी, सचिवमा सुरेन्द्र प्रधान, कोषाध्यक्षमा सोनिका अग्रवाल, सह–सचिवमा रोनक अग्रवाल, जनसम्पर्क अधिकारीमा बिश्वास गुप्ता, टेमरमा रितिक अग्रवाल, टेलटुविइस्टरमा अनिस कार्की, बोर्ड अफ डाइरेक्टरमा विशाल गोयल, स्नेहा अग्रवाल, अंकित थापा, मो. जामिर शेख, बिवस खडका सर्वसम्मत चयन भएका छन् ।
संस्थाका अध्यक्ष लायन पुष्कर निरौलाको अध्यक्षता, एरिया इम्पेक्ट चिफ लायन सत्यनारायण शर्माको प्रमुख आतिथ्यता, डिस्ट्रिक्ट डेपुटी ट्रेजरर लायन गौरीशंकर गुप्ता र जोन चियरपर्सन लायन जीवनकुमार खडका र पूर्व अध्यक्ष लायन सुरजकुमार रौनियारको बिशेष अतिथ्यतामा सम्पन्न साधारणसभामा झण्डाको अभिवादन लायन किरण थापाले गरेका थिए भने कार्यक्रमको संचालन सचिव कुशल खतिवडाले गरेका थिए ।