बिर्तामोड , जेठ १४ । बिर्तामोडमा रहेको नेपाल बिद्युत प्राधिकरणको पूर्वी ग्रिड शाखामा आगलागी भएको छ ।

हिजो बेलुकी ६ः४५ बजे आगलागी भएको हो।
१३२÷३३ प्रसारण लाइनको प्यानल बोर्डमा आगलागी भएको नेपाल बिद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रका प्रमुख सुधिरकुमार रायले बताए । आगलागीबाट ठूलो क्षति भएपछि दुहवीबाट टोली बोलाएर मर्मत गरिएको उनले जानकारी दिए । आगलागीका कारण करीब ३ घण्टा विद्युत अवरुद्ध भएको थियो । बेलुकी ६ः४५ बजे अवरुद्ध विद्युत सेवा राति १० बजे सुचारु भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्