भद्रपुर , जेठ १४ । भद्रपुर नगरपालिका वडा नं ६ का वडाध्यक्ष रतिया राजवंशीले २० विपन्न परिवारलाई निशुल्क स्वास्थ्य विमा गरिदिएका छन् ।

नेपाली कांग्रेसका तर्फबाट नगरपालिकामा वडाध्यक्ष निर्वाचित भएपछि पदभार ग्रहण गर्दै उनले आफ्नै पहलमा ती परिवारलाई स्वास्थ्य विमा गरिदिएका हुन् । उनले आफूले पदभार ग्रहण गरेको दिन २० परिवारलाई विमा गरिदिएको बताउँदै अब प्रत्येक महिना ५–१० परिवारलाई निशुल्क स्वास्थ्य विमा गर्दै जाने जानकारी दिए ।

भ्रष्टाचाररहित छिटोछरितो सेवा दिने आफ्नो उद्धेश्य रहेको बताउँदै उनले कसैको कुनै गुनासो भए सिधै आएर भन्न सक्ने र गुनासो पेटिकाको व्यवस्था समेत गरिने बताए । आफूहरुको वडामा सडक , ढललगायतका समस्या रहेको बताउँदै उनले आफ्नै कार्यकालमा वडा कार्यालय भवन बनाउने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्