बिर्तामोड, जेठ १४ । वीरता जेसीजले एक कार्यक्रमका बीच बिर्तामोड नगरपालिकाका–५ का नवनिर्वाचित वडाध्यक्ष रोहित प्रसाईंलाई सम्मान गरेको छ ।

वीरता जेसीजका सदस्य समेत रहेका प्रसाईं गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट बिर्तामोड नगरपालिकाका–५ को वडाध्यक्षमा निर्वाचित भएर संस्थाको गरिमा बढाएको भन्दै वडाध्यक्ष प्रसाईलाई सम्मान गरिएको वीरता जेसीजका अध्यक्ष प्रविण खड्काले जानकारी दिए ।

वीरता जेसीजका अध्यक्ष प्रविण खड्काको अध्यक्षता तथा वीरता जेसीजका पूर्वअध्यक्ष मिजास पोख्रेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक कार्यकारीणी उपाध्यक्ष युवराज कुँवरले स्वागत गरेका थिए ।

वीरता जेसीजका कार्यकारीणी उपाध्यक्ष कुशल खतिवडाले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा वीरता जेसीजका पदाधिकारी , कार्यक्रम संयोजकलगायतले नवनिर्वाचित वडाध्यक्ष प्रसाईलाई खादा , टीकाद्वारा सम्मान गरेका थिए भने कानूनी सल्लाहकार प्रकाश सुवेदीले वाचन गरेको सम्मानपत्र कार्यक्रमका अध्यक्ष खड्का, प्रमुख अतिथि पोखरेलले नवनिर्वाचित वडाध्यक्ष प्रसाईलाई प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै नवनिर्वाचित वडाध्यक्ष प्रसाईले नागरिकको सेवामा सदैव लाग्ने बताए । उनले वीरता जेसीजले दिएका ज्ञान र सीपलाई आफ्नो राजनीतिक क्षेत्रमा समेत उपयोग गर्ने भन्दै यो सम्मानले अझ जिम्मेवारी थपेको उल्लेख गरे ।

कार्यक्रममा प्रमुख अतिथि पोख्रेलले जेसीजमा आवद्ध प्रसाईलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै यो जित समग्र जेसीज प्रेमीहरुको बताएको उल्लेख गरे । उनले समाज निर्माणका लागि युवा शक्ति एक हुनुपर्ने भन्दै समग्र बिर्तामोडको विकास र समृद्धिमा उदाहरणीय काम गरेर उत्कृष्ट बन्न शुभकामना दिए ।
कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव टीकाराम खतिवडाले गरेको कार्यालय सचिव सञ्जय राजवंशीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्