दमक ,जेठ १४ । विश्वबिख्यात साहित्यकार रबिन्द्रनाथ टैगोरको नाममा स्थापित रबिन्द्रनाथ टैगोर अवार्डबाट झापा दमकका दुईजना साहित्यकार पुरस्कृत हुने भएका छन् ।

दमकमा रहेर अंग्रेजी साहित्यमा कलम चलाउँदै आएका बिष्णुप्रसाद भट्टराई र खेमलाल पोखरेल उक्त पुरस्कारबाट पुरस्कृत हुने भएका हुन् ।

१६४ राष्ट्रका अंग्रेजी साहित्यका साहित्यकारहरुको संस्था मोटिभेसनल स्ट्रिसले साहित्यकारद्वय भट्टराई र पोखरेलको नाम उक्त पुरस्कारको लागि सिफारिस गरेको हो । यस बर्ष विश्वका २४० साहित्यकारहरुलाई उक्त पुरस्कारबाट पुरस्कृत गरिने छ । जसमध्ये नेपालबाट भट्टराई र पोखरेल छनौट भएका हुन् । दुवैजना दमक निवासी हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्