भद्रपुर, जेठ १४ । भद्रपुर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको छ ।

मानव अधिकारका लागि महिला एकल महिला झापाको नेतृत्वमा ६ वटा संस्थाद्वारा भद्रपुरका नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, वडाध्यक्षहरू भद्रपुर ३ का होमबहादुर कार्की, भद्रपुर ६ का रतिया राजवंशी र ७ का वडाध्यक्ष अभिषेक ढुंगानालगायतलाई सम्मानसहित कार्यकाल सफलताका लागि बधाई तथा शुभकामना प्रदान गरिएको हो ।

एकल महिलाकी अध्यक्ष रेखा अधिकारीको अध्यक्षता तथा नगरप्रमुख पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख राधा कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।कार्यक्रममा साना हातहरू नेपाल भद्रपुर शाखा, एबिसी नेपाल, काली मन्दिर समिति, मातृ भजन समूहको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्