झापा , जेठ १५ । पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (9–N–AIT ) कल साइनको ट्विनअटर विमान खोजीको लागि टोली मुस्ताङको घाँसा केन्द्रित भएका छन् ।

स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर खबर गरेपछि टोली त्यसतर्फ गएको हो । १३ नेपाली, ४ जना भारतीय र अन्य २ विदेशी नागरिक सवार विमानमा चालक दलका सदस्यसहित २२ जना सवार विमान लेतेमा ठोक्किएको हो । हेलिकोप्टरमा प्रहरी टोली र विमानस्थलका कर्मचारीहरु खोजीमा गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका इन्सपेक्टर राजकुमार तामाङले बताए । मौसमका कारण समस्या भएको उनले बताए ।