बिर्तामोड , जेठ १५ । बिर्तामोडको बसपार्कस्थित एक होटलमा १४ वर्षकी बालिकालाई ललाईफकाई जवर्जस्ती करणी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाँचथरको याङवरक ३ ओयाम बस्ने २१ वर्षिय धनबहादुर गुरुङ रहेका छन् ।
शुक्रबार राति अन्दाजी राति ९ बजेको समयमा गुरुङले १४ वर्षिया ती बालिकालाई ललाईफकाई अर्जुनधारा –११ बसपार्कस्थित भ्याली होटलमा लगेर जवर्जस्ती करणी गरेका थिए ।
सो घटनाको जानकारी प्राप्त हुनासाथ शनिबार बिर्तामोड प्रहरीले गुरुङलाई पक्राउ गरेको छ । उनलाई नियन्त्रणमा लिई ईप्रका बिर्तामोडमा ल्याई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए । उनले जवर्जस्ती करणी गरेको भनी पीडितका आफन्तले शनिबार साँझ ईप्रका बिर्तामोडमा जाहेरी दिएको जानकारी दिएका छन् ।