झापा , जेठ १६ । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा झापामा १७.१८ प्रतिशत मत बदर भएको छ ।

प्रमुख , उपप्रमुख , वडा अध्यक्ष , महिला सदस्य , दलित महिला सदस्य र खुल्ला सदस्यको औसतमा त्यति प्रतिशत मत बदर भएको हो । सबैभन्दा बढी उपप्रमुखको मत बदर भएको छ । कूल ४ लाख ५५ हजार २६८ मत खसेकोमा उपप्रमुखमा ९४ हजार ८५६ मत बदर भएको छ । जुन २०.८४ प्रतिशत हो । त्यस्तै प्रमुखमा १२.७३ प्रतिशत अर्थात ५७ हजार ९४५ मत बदर भएको छ भने वडा अध्यक्षमा ११.५२ प्रतिशत अर्थात ५२ हजार ४६३ मत बदर भएको छ । त्यस्तै महिला सदस्यमा ७९ हजार १८८ अर्थात १७.३९ प्रतिशत , दलित महिला सदस्यमा २०.०३ प्रतिशत अर्थात ९१ हजार १८४ र खुल्ला सदस्यमा २०.५८ प्रतिशत अर्थात १ लाख ८७ हजार ३६१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्