झापा , जेठ १७ । सुनसरीको धरान उप-महानगरपालिका-५ सेउती खोला बगरमा मृत फेला परेका धरान-११ का ३१ बर्षीय सन्दिप लम्जेलको हत्यामा संलग्न रहेको आरोपमा ईलाका प्रहरी कार्यालय धरानले २ जनालाई पक्राउ गरेको छ ।

जेठ १२ गते बिहान लम्जेल सेउती खोलाको बगरमा शरिरका बिभिन्न ठाउँमा काटिएको र धारिलो हतियारले घोपिएको अवस्थामा मृत फेला परेका थिए । मृत फेला परेका व्यक्तिको तत्काल नाम थर नखुलेता पनी केही समयमै उनको पहिचान खुलेसंगै लम्जेलको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान शुरु गरेको थियो । अनुसन्धानको क्रममा उनको हत्यामा धरान-१५ बस्ने दुईजना बालकको संलग्नता रहेको पाए संगै दुबैजनालाई पक्राउ गरिएको र उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्