झापा, जेठ १७ । बलात्कार प्रयास गरेको आरोपमा खोटेहाङ गाउँपालिका-७ खोटाङ बजारका २६ वर्षीय युवक पक्राउ परेका छन् ।

गत जेठ ११ गते विद्यालय गइरहेकी ८ वर्षीया बालिकालाई बलात्कार प्रयास गर्ने ती युवकलाई घरबाटै पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीका अनुसार युवकलाई पक्राउ गरी सोमबार पाँच दिनको म्याद थपेर थप अनुसन्धान थालिएको छ । एक्लै भएको मौका पारेर नाबालिकालाई घरबाट बाहिर लगेर बलात्कारको प्रयास गरेको ती युवकमाथि आरोप लागेको छ । जेठ १३ गते उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्