झापा , जेठ १७ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले बैकिङ्ग पहुँच जनतामाझ पुर्याउने उद्देश्यका साथ धरानमा ४३ औं शाखा विस्तार गरेको छ ।

धरान उपमहानगरपालिका वडा नंं ३ स्थित धरान बजारमा एक्सेलको नयाँ शाखा खोलिएको हो- । जसको मंगलबार धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र बिक्रम बेघा र बैंकका संचालक पुरुषोत्तम लम्सालले संयुक्त रुपमा उद्घाटन गरे । आर्थिक र व्यापारिक दृष्टिकोणले प्रमुख भूमिका भएको धरान बजारमा ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप योजनामार्फत रकम जम्मा गर्न सक्ने साथै आफ्नो आवश्यकता बमोजिम आवास, सवारीसाधन, व्यक्तिगत, व्यापारिकलगायतका कर्जा लिन सक्ने सुविधा प्रदान गर्नुका साथै उनीहरुकै रोजाइको माध्यम अर्थात ABBS, C-ASBA, IPS, Connect IPS, Online Clearing, QR Code तथा स्मार्ट मोवाईल बैंकिङ्ग Smart Mobile Banking भारत र भुटानमा समेत प्रयोग गर्न सकिने सुविधासहितको Visa Debit Card,, रेमिटान्स सेवा लगायतका अधिकांश बैंकिङ्ग सेवाहरु उक्त शाखा कार्यालयबाट प्रदान गरिने बैंकले जनाएको छ ।


यस बैंकको हालसम्म लगानीमा रहिरहेको कर्जा लगभग रु १० अर्व ५८ करोड रहेको छ भने निक्षेप संकलन लगभग रु ११ अर्ब २७ करोड गरेको छ । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम, मोरङ, पॉचथर र सुनसरीका विभिन्न ४३ स्थानमा आफ्ना शाखा कार्यालयहरुमार्फत ग्राहकहरु समक्ष बैंकि¨ सेवा प्रदान गरिरहेको छ भने यसै महिनाभित्रमा मोरङको पथरीमा थप नयाँ शाखा संचालनमा आउने र आगामी दिनमा १ नम्बर प्रदेशभर आफ्नो कार्यसंजाल वृद्धि गर्ने उद्धेश्यका साथ पु‘जी वृद्धि गर्ने योजना अघि बढाएको छ ।

एक्सेल डेभलपमेन्ट बैंक लि.का संचालक लम्सालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बैंकका सहायक महाप्रबन्धक अशोक क्षेत्रीले स्वागत मन्तव्य राखेका थिए । त्यस्तै बैंकको वर्तमान गतिविधिका बारेमा प्रमुख कार्यकारी अधिकृत डा. ईन्द्रकुमार कट्टेलले प्रकाश पारेका थिए ।

कार्यक्रममा संस्थापक शेयरधनी डा. रुपक खनाल, मितेरी डेभलपमेन्ट बैंक लि. का प्रमुख कार्यकारी अधिकृत तुलसीप्रसाद वस्ती, धरान उपमहानगरपालिका वडा नं ३ का वडाध्यक्ष विद्या शाक्यलगायतले शुभकामना मन्तव्य राखेका थिए भने प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख बेघाले आफ्नो मन्तव्यसहित शुभकामना दिएका थिए । उदघाट्न कार्यक्रमको संचालन बैंकका कम्पनी सचिव श्यामबहादुर बोहोराले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्