झापा , जेठ १७ । नेकपा एमालेका जिल्ला नेताहरु जीवनकुमार श्रेष्ठ र नन्दलाल खरेललाई शोक परेको छ ।

श्रेष्ठलाई मातृशोक र खरेललाई पत्नीशोक परेको हो । भद्रपुर नगरपालिकाका निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठकी माता खड्गकुमारी श्रेष्ठको मंगलबार साँझ ६.३० बजे ७९ वर्षको उमेरमा ओमसाई पाथिभरा अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

त्यस्तै नेकपा एमाले झापाका पूर्व जिल्ला कमिटी सदस्य नन्दलाल खरेलकी पत्नी तुलसा पाठक खरेलको पनि मंगलबार साँझ ५.३० बजे निधन भएको छ । मृतक अनेमसंघकी नेतृ र फनमिन ईङ्लिस बोडिङ स्कुलका संस्थापक हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्