झापा, जेठ १८ । धनकुटा र मोरङको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।

आज बिहान राति २ बजे धनकुटा नगरपालिका-६ मा धनकुटाबाट धरानतर्फ जाँदै गरेको मे ६ प १७५६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा खाँदवारी नगरपालिका-१० संखुवासभा घर भई धनकुटा नगरपालिका-६ मा डेरा गरी बस्ने २४ बर्षीय पुरन राई घाईते भएका थिए । घाईतेलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा लगिएकोमा उपचारको क्रममा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । यसैगरी गत सोमबार साँझ साढे ६ बजे मोरङको बिराटनगर महानगरपालिका-१० मा को ३९ प ७८९५ नम्बरको मोटरसाईकलले पैदल यात्री स्थानीय ८५ बर्षीय मुसा यादवलाई ठक्कर दिंदा घाईते भएका यादवको उपचारको क्रममा हिजो साँझ नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको हो । दुबै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।