झापा , जेठ १८ । संखुवासभाको चैनपुर नगरपालिका-१ नुनढाकीमा सुख्खा पहिरोले पुरिएर दुईजनाको मृत्यु भएको छ ।

चैनपुर नुनढाकी सडकखण्डमा तार जाली पर्खाल लगाउने क्रममा आज बिहान ११ बजे अचानक माथीबाट सुख्खा पहिरो झरेर पुरिदा सडक निर्माण कार्यमा खटिएका सुनसरी धरानका ३५ बर्षीय रामकुमार राई र चौदण्डीगढी नगरपालिका-६ उदयपुरका २० बर्षीय हेमबहादुर मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी टोली खटि गई पहिरोमा पुरिएका दुबैजनाको उद्धार गरी शव परिक्षणको लागि जिल्ला अस्पताल खाँदवारी पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्