झापा , जेठ १९ । अभिभावकले धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा त्यसको असर घरमा रहेका बालबालिकामा पनि पर्छ ।

अभिभावकले धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा बालबालिकालाई प्रत्यक्ष तथा परोक्ष रूपमा असर गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अभिभावकले धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा बालबालिकालाई दम, निमोनिया, ब्रोन्काइटिसजस्ता श्वासप्रश्वास सम्बन्धी समस्या हुने मन्त्रालयले जनाएको छ । बारम्बार रुघाखोकी लाग्ने, कानको संक्रमण भई श्रवण शक्तिमा समस्या हुने स्वास्थ्य मन्त्रालयको भनाइ छ । “क्यान्सर हुने सम्भावना बढ्छ । त्यसैले सुर्तीजन्य पदार्थ त्यागेर स्वास्थ्य र वातावरण जोगाउनुपर्छ,” मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्