झापा , जेठ १९ । नारायणहिटी दरबार हत्याकाण्ड भएको दुई दशक नाघिसेकेको छ ।

२०५८ जेठ १९ गते राति सवा ९ बजे राजदरबारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश भएको थियो । नियमित पारिवारिक जमघटको मौका पारी तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र र निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्कासहित राजपरिवारका अन्य सदस्यहरूको गोली हानी हत्या भएको थियो । उच्चस्तरीय छानबिन समितिले उक्त घटनामा तत्कालीन युवराज दीपेन्द्रले परिवारका सदस्यहरूलाई गोली हानेर पछि आफैँलाई गोली हानेको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो । तर, तत्कालीन प्रधानन्यायाधीश संयोजकत्वको छानबिन समितिले स्वतन्त्र अनुसन्धान गर्न नसकेको धेरैले बताउँदै आएका छन् । त्यसैले उक्त हत्याकाण्डको यथार्थ छानबिन हुनु पर्ने अझै पनि माग हुँदै आएको छ । तर, राजनीतिक नेतृत्वले यसमा चासो देखाएको पाइँदैन । प्रतिपक्षमा हुँदा दरबार हत्याकाण्ड र मदन भण्डारीकोको मृत्यु हत्या कि दुर्घटना भन्नेबारे छानबिन गर्नु पर्ने आवाज उठाउने दलहरु सत्तामा पुगेपछि मौन बस्ने गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्